इन्टरनेटबाट प्रेम गाँस्नुका पीडा
डिस्ट्यान्स नेभर सेपरेट्स टू पिपुल ट्र्युली इन लभ' अर्थात् साँचो प्रेम गर्नेलाई दूरीले छुट्याउन सक्दैन।
दुई वर्षअघि काठमाडौँ, मैतीदेवी बस्ने सोना (नाम परिवर्तन) ले एउटा टिसर्टमा यो प्रसिद्ध भनाइ प्रिन्ट गरिन्। उनले यो टिसर्ट बेलायत बस्दै आएका आफ्ना प्रेमीलाई भ्यालेन्टाइन्स डेका दिन उपहार पठाइन्।
सामाजिक सञ्जाल फेसबुकबाट झाँगिएको उनीहरूको प्रेम चार वर्षमा पाइला टेक्दै थियो। तर, उनीहरूले एकअर्कालाई न प्रत्यक्ष देखेका थिए, न भेटेका नै। सोना भन्छिन्, ‘२०६८ सालदेखि हाम्रो चिनजान भयो। फेसबुकमा कुराकानी गर्दागर्दै कतिबेला माया बस्यो, पत्तै भएन। एकअर्कासँग जीवन बिताउने सपना बुनेका थियौँ। प्राय' च्याट र भिडियो कलमा धेरै समय बित्थ्यो। फेसबुके लभ बकवास हो भन्नेका लागि हामी उदाहरण बन्न चाहन्थ्यौँ।'
परिवारलाई उनको यो ‘लङ डिस्ट्यान्स रिलेसनसिप' बारे थाहा थिएन। घरमा बिहेको कुरा चलेपछि उनले लुकाउन सकिनन्। दुवैको परिवारमा यो सम्बन्धको खुलासा भयो। ‘उसको घरमा जाने/आउने समेत हुन थाल्यो,' सोनाले सम्झन्छिन्, ‘यसरी हामी पाँच वर्ष लामो लङ डिस्ट्यान्स रिलेसनसिपमा बस्यौँ।
बेलाबेलामा म उसलाई नेपाल आउन आग्रह गर्थें। पीआर प्रोसेसमा भएकाले आउन मिल्दैन भन्थ्यो। उसको कुरामा विश्वास गर्नुबाहेक अर्को विकल्प थिएन। उसले छिट्टै नेपाल आएर घरजम गर्ने वाचासमेत गरेको थियो। र, हाम्रो परिवारले बिहेको तयारी पनि गरेको थियो। चाहिने सरसामान किनेको थियो।
तर, सोनाको प्रेमी एकाएक टाढिन थाले। फोन र म्यासेज बिस्तारै कम गर्न थाले। ‘एक दिन एक्कासि मेरो भाइबरमा एक जना केटीको म्यासेज आयो,' सोनाले भनिन्, ‘म्यासेज हेरेपछि मलाई भाउन्न भयो।' म्यासेजमा उनको प्रेमी र ती केटीको फोटो थियो र लेखिएको थियो– ‘ऊ मेरो ब्वाइफ्रेन्ड हो। हामी तीन वर्षदेखि सँगै बसिरहेका छौँ।'
त्यतिबेलासम्म सबै खालका सामाजिक सञ्जालबाट प्रेमीले सोनालाई ब्लक गरिसकेका थिए। ‘उसको परिवारलाई यसबारे बताउँदा ‘तिमीहरूको आफ्नो समस्या आफैँ समाधान गर्नू' भन्ने खालको कुरा आयो,' सोना सम्झन्छिन्, ‘यसरी मैले मेरो जिन्दगीको पाँच वर्ष उसका लागि खेर फालेँ।
संसारमा सबैभन्दा बकवास कुरा के हो भनेर आज कसैले सोध्यो भने म भन्छु– लङ डिस्ट्यान्स रिलेसनसिप। जसले मेरो जिन्दगी नै बर्बाद गरिदियो। आफन्तहरू सबैलाई मेरो ब्वाइफ्रेन्ड छ भन्ने थाहा थियो।
आफ्नो जिन्दगी अगाडि बढाउन मलाई निकै गाह्रो भएको थियो। कसैले बिहेको कुरा लिएर आयो भने ‘यो त पाँच वर्ष लभमा परेर धोका खाएकी केटी' भनेर चिनेजानेकाले सुनाइदिन्थे।' सोनाले अहिले आफूलाई सम्हालिसकेकी छिन्। लङ डिस्ट्यान्स रिलेसनसिपको चोट भुल्न उनलाई साह्रै गाह्रो परेको थियो। २९ वर्षीया सोना अर्का महिना बिहे गर्दैछिन्।
आफ्ना पराई, पराई आफ्ना
समाजशास्त्री मीना उप्रेती भन्छिन्, ‘भर्चुअल वल्र्डले आफ्नालाई पराई र पराईलाई आफ्नो बनाइरहेको छ।' उनी प्रेम सम्बन्ध केलाई मान्ने ? ‘लामो दूरीको सम्बन्ध'लाई सम्बन्ध मान्ने कि नमान्ने ? भन्नेमा व्यक्ति आफैँले आफैँसँग प्रश्न गर्नुपर्ने बताउँछिन्। सम्बन्ध सुरु गर्नुभन्दा पहिला सम्बन्ध केका लागि ? भन्नेमा पनि स्पष्ट हुन जरुरी भएको उप्रेती बताउँछिन्। भन्छिन्, ‘पहिला प्रेम र सम्बन्धको परिभाषा भिन्नै हुन्थ्यो।
अहिले हरेक दिन ऊ फुर्सदमा भएका बेला मैले जसरी भए पनि कोठामा पुगेर एक घण्टा भिडियो कल गर्नुपर्छ। नत्र ऊ रिसाएर आगो हुन्छ।
प्रेमी–प्रेमिकाले एकअर्कालाई देखेका, हेरेका र भटेका हुन्थे। नचिनेका/नजानेको मान्छेसँग सम्बन्ध राख्ने चलन नै थिएन। अहिले त चिन्नु न जान्नु, फेसबुकमा पिरती लाउनु भन्या जस्तो भइरहेको छ।' सामाजिक सञ्जालले सम्बन्धमा प्रभाव पारिरहेको समाजशास्त्री उप्रेती बताउँछिन्। भन्छिन्, ‘अहिले नजिकका मान्छे टाढा भए, टाढाका मान्छे नजिक। टोलछिमेकका मान्छेसँग टाढा छौँ। चिन्दै नचिनेका, जान्दै नजानेका सामाजिक सञ्जालका मान्छेसँग एकदमै नजिक छौँ। यो हाम्रो समयको ठूलो जटिलता हो।'
ठगीको मारमा
अधिवक्ता राजेश बटालाकहाँ डिभोर्सको केस लिएर एक दिन एक दम्पती आयो। प्रक्रियागत रूपमा उनीहरूको डिभोर्स पनि भयो। डिभोर्स गरेको केही समयपछि अधिवक्ता राजेशलाई श्रीमती चाहिँको एक जना अमेरिकी नागरिकसँग अफेयर भएको थाहा भयो।
अधिवक्ता राजेश बटालाकहाँ डिभोर्सको केस लिएर एक दिन एक दम्पती आयो। प्रक्रियागत रूपमा उनीहरूको डिभोर्स पनि भयो। डिभोर्स गरेको केही समयपछि अधिवक्ता राजेशलाई श्रीमती चाहिँको एक जना अमेरिकी नागरिकसँग अफेयर भएको थाहा भयो।
ट्वीटरमा फलो गर्दागर्दै उनीहरूको अफेयर सुरु भएको उनी बताउँछन्। ‘पछि इन्स्टाग्राम, भाइबर, फेसबुक र स्काइपमा पनि उनीहरूको कुराकानी हुने रहेछ,' बटाला भन्छन्, ‘त्यो अमेरिकी नागरिकले नेपालमा आएर उनीसँग बिहे गर्ने वाचा गरेको रहेछ। त्यस्तै अन्य कुराको प्रलोभन पनि देखाएको रहेछ।'
बटालाका अनुसार ती महिलासँग अमेरिकी नागरिकले २ लाख ६० हजार रुपैयाँ उछिट्याएछन्। यो ठगीको कथा यस्तो छः ती अमेरिकी नागरिकले ‘म दिल्ली एयरपोर्टमा छु, यहाँको भन्सारले मेरो डलर समात्यो, मलाई आपद् पर्यो' भनेर २ लाख ६० हजार रुपैयाँ मागे।
ती महिलाले अमेरिकीसँग नयाँ संसार बसाउने चक्करमा पैसा पठाइदिइन्। पैसा पाएपछि उनी सम्पर्कविहीन भए। ‘सबै सोसल मिडियाबाट उनलाई ब्लक गरिदिएछ,' बटाला ती महिलाको कथा सुनाउँछन्, ‘यसरी योजनाबद्ध रूपमा आफू फसेको उनले चालै पाइनन्।'
महानगरीय अपराध महाशाखा, काठमाडौँ, टेकुका प्रहरी निरीक्षक प्रदिन ताम्राकार पनि लङ डिस्ट्यान्स रिलेसनसिपले ठगी निम्त्याउने बताउँछन्। ‘केटीहरू मात्र होइन, केटाहरू पनि विदेशी केटीहरूसँग फसेका धुप्रै घटना हाम्रोमा आउँछ,' उनी भन्छन्, ‘सबैले अपनाउने साझा उपाय भनेको प्रेमको बहाना नै हो। एसियनहरू पश्चिमा भनेपछि हुरुक्कै हुने कारणले पनि यस्ता खालको समस्या निम्तिने गरेका छन्।'
अन्नदाता प्रेमी
उनी आफ्नो फेसबुके प्रेमीलाई ‘अन्नदाता' भन्छिन्। काठमाडौँमा विलासी ढंगले बस्दै आएकी उनको सबै खर्च तिनै ‘अन्नदाता'ले पठाइदिन्छन्, जसलाई ऋतु (नाम परिवर्तन) ले एक पटक पनि भेटेकी छैनन्। ‘फेसबुकमा मैले पोस्ट गरेका फोटाहरू मन पराएर ऊ मेरो प्रेमी भएको हो,' ऋतु भन्छिन्, ‘हाम्रो डेटिङ च्याट रुममै भएको हो।
उनी आफ्नो फेसबुके प्रेमीलाई ‘अन्नदाता' भन्छिन्। काठमाडौँमा विलासी ढंगले बस्दै आएकी उनको सबै खर्च तिनै ‘अन्नदाता'ले पठाइदिन्छन्, जसलाई ऋतु (नाम परिवर्तन) ले एक पटक पनि भेटेकी छैनन्। ‘फेसबुकमा मैले पोस्ट गरेका फोटाहरू मन पराएर ऊ मेरो प्रेमी भएको हो,' ऋतु भन्छिन्, ‘हाम्रो डेटिङ च्याट रुममै भएको हो।
No comments