ad

निर्माण व्यवसायी गौचन हत्याका सुटर पक्राउ






काठमाडौं : गत असोज २३ गते काठमाडौँको शान्ति नगरमा गोली हानी हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार गर्ने मुख्य सुटर पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता जीवनकुमार श्रेष्ठले दिएको जानकारी अनुसार गौचनमाथि गोली हान्ने मुख्य सुटर श्यामबहादुर गोम्बी सोमबार पक्राउ परेका हुन । अर्का सुटर अमरबहादुर राणा भने अझै फरार रहेका छन् । प्रहरीले यसअघि गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ११ जनालाई पक्राउ गरिसकेको छ ।
सिआइबीले चितवनको भरतपुर महानगरपालिका – १३ चम्पानगर स्थित डेराबाट गोम्बीलाई पक्राउ गरेको हो । युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा समेत गोम्बीको प्रत्यक्ष संलग्नता रहेको थियो । २०७३ पुष ४ गते रुपेन्दहीको देवदह खैरहनीमा गोली प्रहार गरी तिवारीको हत्या गरिएको थियो ।

No comments